Comments Add Comment

निषेधाज्ञाले पनि छोएन तस्करलाई, अवैध कपडा बरामद

फाइल तस्वीर

२५ साउन, वीरगञ्ज । कोरोना भाइरस समुदायमै फैलिएको पाइएपछि पर्सामा साउन १९ गतेदेखि निषेधाज्ञा जारी छ । तर जिल्लामा निषेधाज्ञा भएपनि तस्करी गर्नेहरुले भने आफ्नो धन्दा चलाइरहेका छन् । तस्कर समूहले मोटरसाइकलमार्फत सीमावर्ती भारतीय बजार इनर्वाबाट जानकीटोला, दशौता, भिखमपुर हुँदै पटेर्वा सुगौलीको मनिहर्वा भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले भन्सार छलीका कपडा बरामद गरेको छ ।

गोप्य सूचनाको आधारमा गएको प्रहरीको टोलीले पटेर्वा सुगौली गाउँपालिका–५ मनिहर्वाबाट दुई वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल र एउटा नेपाली नम्बर प्लेटको मोटरसाइकलसहित ५५  थान साडी, ७१ थान सुरुवाल, २० थान सल, १९ थान रेडिमेन्ट सुट बरामद गरेको छ । तस्करीको समूहले प्रयोग गरेका ना १३ प १०८३, बीआर २२ वाई ११४२ र बीआर २२ एक्स ०६९१ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीको गस्ती टोलीलाई देखेपछि कपडा तस्करीमा संलग्न व्यक्तिहरु भने मोटरसाइकलसहित कपडा छाडेर भागेको प्रहरीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment