
२५ साउन, काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको नियुक्ति बदर गर्न माग गर्दै पाटन उच्च अदालतमा रिट निवेदन पेश भएको छ ।
अधिवक्ता जयबहादुर भुजेलले पेश गरेको रिट सामान्य प्रक्रिया नपुगेका कारण आइतबार दर्ता नभएको पाटन उच्च अदालतका प्रवक्ता उपरजिस्टार शम्भु रेग्मीले जानकारी दिए ।
‘रिट लिएर आउनुभएको थियो, तर सामान्य लेखाइ नमिलेकाले दर्ता भएन, भोलि दर्ता हुन सक्छ’ उनले अनलाइनखबरसँग भने ।
यसअघि प्रकाशित समाचारमा भुलवश रिट दर्ता भएको उल्लेख हुन गएकाले सच्याइएको छ । सं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4