+
+
Shares

सिराहाबाट ब्राउन सुगरसहित ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २५ गते १६:५९

२५ साउन, जनकपुरधाम । सिराहा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित आइतबार ६ जनालाई पक्राउ गरेको छ ।

गोलबजार नगरपालिका वडा नम्बर ६ दोहटियास्थित पाण्डव गुप्ताको घरमा लुकाएर राखिएका अवस्थामा १ ग्राम २ मिलीग्राम ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको सिराहाका प्रहरी प्रवक्ता बिनोद घिमिरेले जानकारी दिए ।

गुप्ताले बिक्रीका लागि आफ्नै घरमा लुकाएर राखेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले २८ वर्षीय गुप्तासहित ६ जनालाई पक्राउ गरेको घिमिरेले बताए ।

पक्राउ पर्ने अन्यमा गोलबजार ६ कै २२ वर्षीय सुरज परियार, २० वर्षीय रोशन लामा, १९ वर्षीय शिरिल महरा, वडा नम्बर ४ का २० वर्षीय सैफली खान र वडा नम्बर ५ का १९ वर्षीय विवेक श्रेष्ठ छन् ।

पक्राउ परेका मध्ये पाँच जजना युवक भने लागूऔषध ओसारपसार तथा सेवन गर्नेहरु रहेको बताउँदै प्रहरी प्रवक्ता घिमिरेले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?