Comments Add Comment

विदेशबाट आइतबार एक हजार नेपाली घर फर्किए

२५ साउन, काठमाडौं । कोरोना महामारीका कारण विदेशका विभिन्न स्थानमा अड्किएका नेपालीको उद्दारको काम अहिले जारी रहेको छ । सोहीक्रममा आइतबार मात्र १ हजार नेपाली घर फर्किएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आइतबार नेपाल एयरलाइन्सले दुबईबाट १ बच्चासहित १ सय २६ जनालाई काठमाडौं ल्याएको छ । नेपाल एयरलनाइन्सकै जहाजले साउदीको जेहादबाट २६१ जनालाई काठमाडौं ल्याएको छ । यो जहाजमा एउटा शवसमेत रहेको थियो ।

हिमालय एयरलाइन्सको जहाजले दोहाबाट १५५ र क्वालालाम्पुरबाट १५६ जनालाई काठमाडौं ल्याएको छ । दुबईबाट फ्लाइ दुबईले १ सय ६२ र इत्तिहाद एयरवेजले अवुधावीबाट १ सय ४० जनालाई आज काठमाडौं अवतरण गराएको छ ।

आइतबार राति नेपाल एयरलाइन्सको जहाज दुबई र हिमालयका दुई जहाज दोहा र क्वालालाम्पुर प्रस्थान गर्दैछन् । यी जहाज सोमबार काठमाडौं आउनेछन् । आइतबार नै हिमालय एयरलाइन्स कुनमिङबाट कार्गो ल्याएर काठमाडौं आएको छ । सोमबार नेपाल एयरलाइन्स र हिमालयबाहेक फ्लाइ दुबई र श्रीलंकन एयरलाइन्स काठमाडौं आउने तालीका रहेको छ ।

आन्तरिकतर्फ आइतबार तारा एयरको जहाज कार्गो बोकेर लुक्ला उडेको छ । मनाङ हेली धरान गएको छ । ११ जना यात्रु बोकेर सीता एयर सिमिकोट उडेको छ । २ यात्रु बोकेर एयर डाइनेस्टीको हेली म्याग्दी उडेको छ । समीट एयरले नेपालगन्जबाट ५ जना यात्रुलाई काठमाडौं ल्याएको छ । कैलास हेली रामेछाप उडेको विमानस्थलको विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment