
कन्ट्याक्ट ट्रेसिङमा परेका नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगिटिभ आएको छ । केही दिन अगाडि एक विज्ञापनका लागि फोटोसुट गर्ने क्रममा उनीहरु कन्टयाक्ट ट्रेसिङमा परेका थिए ।
यमाहा कम्पनीमा काम गर्ने एक महिलामा कोरोना पोजिटिभ देखिएको र उनी अनमोल र सुहानाको फोटोसुटको दिन उनीहरुसँगै रहेकाले पनि दुई कलाकार कन्टयाक्ट ट्रेसिङमा परेका थिए ।
यसपछि अनमोल र सुहानाको स्वाब संकलन गरिएको थियो । नायक अनमोल केसीले भने–‘स्वाब संकलन भएपछि रिपोर्ट नआन्जेलसम्म त डर नै लागेको थियो । तर, रिपोर्ट आएपछि ढुक्क भएको छ ।’
स्वाब संकलन गरिएपछि अनमोल घरमै आइसोलेसनमा बसेका थिए । उनले, घरमा पनि सामाजिक दुरी कायम गरेर बसेको जानकारी दिएका थिए । लकडाउन खुलेसँगै अनमोल निरन्तर विज्ञापनको छायांकनमा व्यस्त छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4