+

फुटबल खेलाडीहरुको कोभिड-१९ परीक्षण

२०७७ साउन  २६ गते १२:२१ २०७७ साउन २६ गते १२:२१
फुटबल खेलाडीहरुको कोभिड-१९ परीक्षण

२६ साउन काठमाडौं । राष्ट्रिय फुटबल टिमको क्लोज क्याम्पमा बस्ने खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ ।

विश्वकप छनोटका लागि प्रशिक्षण सुरु गर्ने तयारीमा रहेकाका खेलाडीहरुले पाटन अस्पतालमा स्वाब दिएका हुन् । सोमबार ११ खेलाडी, २ अफिसियल र १२ स्टाफ गरेर २५ जनाको स्वाब दिइएको छ । बाँकी खेलाडी र अरु स्टाफको मंगलबार स्वाब संकलन गरिनेछ ।

क्याम्पमा राखिने ३४ खेलाडीसँगै कोचिङ स्टाफ, अफिसियल, होस्टल स्टाफलगायत गेरेर ७० जनाको कोभिड-१९ परीक्षण गरिने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

सरकारले भदौ १ देखि अन्तर्राष्ट्रिय खेलको लागि प्रशिक्षण गर्न मिल्ने निर्णय गरेपछि एन्फाले खेलाडीलाई मैदान फर्काएर प्रशिक्षण गराउनको लागि तीव्ररुपमा तयारी गरिरहेको छ ।

कोरोना भाइरस फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय