Comments Add Comment

आमिरको ‘लाल सिंह चड्ढा’ आउँदो बर्षको क्रिसमसमा रिलिज हुने

यो बर्षको क्रिसमसमा रिलिज हुने बताइएको चलचित्र ‘लाल सिंह चड्ढा’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रको छायांकन कोरोना भाइरसका कारण रोकिएको छ । यसैले पनि चलचित्रको छायांकन नसकेपछि निर्माणपक्षले प्रदर्शन मिति सारेको थियो । अब, यसको निर्माणपक्षले नयाँ प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र सन् २०२१ को क्रिसमसमा रिलिज हुने भएको छ ।

चलचित्रमा नायक आमिर खान र नायिका करिना कपुरको मुख्य भूमिका छ । अद्भित चन्दनको निर्देशनमा तयार भएको यो चलचित्रमा नायक आमिर खान फरक–फरक भूमिकामा देखिएका छन् । आमिर खान, किरण रावको लगानीमा बनिरहेको यो चलचित्रलाई भारतको विभिन्न स्थानमा खिचिनेछ ।

नायक आमिर खान चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ असफल भएपछि नयाँ चलचित्रलाई लिएर गम्भिर देखिएका छन् । यसैले पनि यो चलचित्रका लागि उनले निकै मिहिनेत गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment