Comments Add Comment

दैलेखमा १७ जना कोरोना संक्रमित थपिए

२६ साउन, सुर्खेत । दैलेखमा सोमबार कोरोना भाइरसका थप १७ जना संक्रमित भेटिएका छन् । नारायण नगरपालिकामा १४ जना र भैरवी गाउँपालिकामा ३ जना संक्रमित भेटिएका हुन् ।

नारायण नगरपालिकाकमा १४ जना केही दिनअघि संक्रमण पुष्टि भएका बैंक, गैरसरकारी संस्थाका कर्मचारी र एक स्वास्थ्यकर्मीको सम्पर्कमा आएकाहरु हुन् ।

संक्रमितको सम्पर्कमा आएका ३५ जनाको परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख अस्पतालका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार ती कर्मचारीको सम्पर्कमा आएका चार महिला र १० पुरुष रहेका छन् ।

उनीहरुमा कोरोना पुष्टि भएपछि आइसोलेसनमा लैजाने तयारी भइरहेको फोकल पर्सन रेग्मीले बताए ।

योसँगै दैलेखमा कोरोना संक्रमितको संख्या ९५१ पुगेको छ । सोमबारसम्ममा ९०९ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । ४२ जना उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment