Comments Add Comment

काठमाडौं महानगरका १२ र २१ नम्बर वडामा अत्यावश्यक बाहेक सबै सेवा बन्द

फाइल तस्वीर

२५ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेको भन्दै काठमाडौं महानगरपालिकाका दुई वडामा अत्यावश्यक सेवा बाहेक अन्य सबै बन्द गर्ने निर्णय भएको छ ।

सोमबार बसेको दुवै वडाको संयुक्त बैठकले वडा नम्बर १२ र २१ मा अत्यावश्यकीय सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

दुवै वडाले संयुक्त रुपमा जारी गरेको सूचनामा भनिएको छ, ‘औषधि, खाद्यान्न र पानी पसल बाहेक अन्य पसलहरु बन्द गर्न अनुरोध गरिन्छ ।’

खाद्यान्न पसल बिहान १० बजेसम्म र साँझ ५ देखि राति ८ बजेसम्म मात्र खोल्न समेत सूचनामार्फत आग्रह गरिएको छ ।

दुवै वडामा कोरोना संक्रमित भेटिएकाले संक्रमण बढ्न गई भयावह हुन सक्ने जोखिमलाई मध्यनजर राखेर अत्यावश्यकीय बाहेकका सेवा बन्द गर्नु परेको सूचनामार्फत जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment