+

राखेपले माग्यो बक्सिङ संघसँग जवाफ

२०७७ साउन  २६ गते १४:४१ २०७७ साउन २६ गते १४:४१
राखेपले माग्यो बक्सिङ संघसँग जवाफ

२६ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलाई संघमा भएका सम्पूर्ण कामको विवरण एक हप्ताभित्र पठाउन आग्रह गरेको छ ।

राखेपको संघसंस्था समन्वय शाखा प्रमुख ज्ञानेन्द्र श्रेष्ठले संघको सबै काम कारवाही र आर्थिक विवरण एक साताभित्र उपलब्ध गराउन भनी पत्र लेखेका हुन् ।

बक्सिङ संघका अध्यक्ष राम अवालेले पत्रमा माग गरिएको विवरण पठाउने बताए ।

अवालेले बक्सिङ संघलाई एकलौटी रुपमा चलाएको चार वर्षको कार्यकालमा साधारण सभा गर्न नसकेको र विधानविपरीत काम गरेको भन्दै संघका महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले २०७७ असार १४ गते राखेपमा निवेदन दर्ता गराएका थिए ।

खेलकुद नेपाल बक्सिङ संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय