+
+
Shares

रौतहटमा संक्रमित वडाध्यक्षको ट्रेसिङ गर्दा १९ जनामा कोरोना

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २६ गते १७:०४

२६ साउन, रौतहट । रौतहटको राजदेवी नगरपालिकाका कोरोना संक्रमित वडाध्यक्षको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको छ ।

साउन ११ गते संक्रमण पुष्टि भएका वडाध्यक्षको सम्पर्कमा आएका १४४ जनाको स्वाब परीक्षण गरिएकोमा सोमबार १९ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताए । संक्रमित हुनेमा राजदेवी नगरपालिका-४ बसतपुरका १४ जना र अन्य वडाका ५ जना छन् । यसअघि उनको सम्पर्कमा आएका १७ जनाको पीसीआर परीक्षण गर्दा साउन २० मा ४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

११ साउनमा संक्रमण देखिएका वडाध्यक्षको  रौतहटको राजदेवि नगरपालिकाका एक वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएकाहरुलाई कन्टायक्ट ट्रेसिङ्ग गर्दा १९ नयाँ संक्रमित थपिएका छन ।

काठमाण्डौ जानका लागि भन्दै साउन ११ गते पीसीआर परीक्षण गराउँदा वडाध्यक्षमा संक्रमण पुष्टि भएको थियो । आइतबार मात्रै रौतहटको गौरमा १५ जनामा संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?