+
+

हतियार बिक्रीका लागि जनकपुरधाम आएका युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २६ गते १७:०६

२६ साउन, जनकपुरधाम । अवैध हतियार बिक्रीका लागि जनकपुरधाम आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय सीमावर्ती क्षेत्र धनुषाको मुखियापट्टी मुसहर्नियाँ गाउँपालिका-३ बस्ने २१ वर्षीय सुजित यादव छन् ।

ज.१ ह. ३१९२ नम्बरको ट्याम्पोमा सवार यादवलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने एक थान म्यागेजिनसहित पक्राउ गरेको हो ।

यादवले कालो रंगको प्लास्टिकको झोलामा राखिएको चिनीभित्र ४.५ लेखिएको अटोमेटिक पेस्तोल र म्यागेजिन लुकाएर राखेको पाइएको छ ।

यादव जनकपुरधाम उपमहानगरपालिका १० बाह्रबिघामा सो हतियार बेचबिखनका लागि आइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।

उनलाई धनुषा प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?