+
+
Shares

कोटेश्वरका थप ४ जनालाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २६ गते २०:२५

२६ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित असर्फी टोलमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साउन १८ गते किराना पसल सञ्चालक चार जनामा संक्रमण देखिएपछि १४१ जनाको स्वाब संकलन गरिएको थियो । उनीहरुमध्ये १३ जनामा संक्रमण देखिएको रिपोर्ट आइतबार आएको थियो ।

सोमबार दुई बच्चासहित ४ जनामा संक्रमण पुष्टि भएको वडा सदस्य हिरादेवी पोखरेलले अनलाइनखबरलाई बताइन् ।

धेरै संक्रमित भेटिएपछि वडाले सोमबार विहानैबाट यो क्षेत्र सिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?