Comments Add Comment

क्याबिनेटको निर्णय मुख्यसचिवकै गोजीमा ! लकडाउन नहुने, नाकामा कडाइ 

२६ साउन, काठमाडौं । देश कोरोनाको महामारीबाट आक्रान्त छ । यस्तो बेलामा सोमबार बसेको मन्त्रिपरिषद बैठकले जनसरोकारका विषयमा के निर्णय गर्ला भन्नेबारे आम जनमानसमा अधिक चासो देखिनु स्वाभाविकै हो ।

बालुवाटारमा सोमबार साँझ बसेको क्याबिनेट बैठक सकिँदा राति साढे ८ बजिसकेको थियो । कोरोनासँग जुधिरहेका जनतामा मन्त्रिपरिषद बैठकमा निर्णय राति नै पत्रकार सम्मेलन गरेर जानकारी गराइनुपर्ने हो । किनभने, महामारीका बेला तत्काल सूचना पाउनु जनताको अधिकार पनि हो ।

तर, बैठक सकिएपछि सरकारका प्रवक्ता डा. युवराज खतिवडा चुपचाप निवासतिर लागे । मुख्यसचिव पनि माइन्युट च्यापेर बाटो लागे, अन्योल कायमै रह्यो ।

महामारीका बेलामा सरकार जनताप्रति कति संवेदनशील छ भन्ने सोमबार साँझको बैठकले स्पष्ट पारेको छ । सरकारका निर्णयहरु अपारदर्शी र गुपचुप हुने विकृत प्रचलन बढ्दै गएको छ ।

सोमबार साँझ बसेको क्याबिनेट बैठकले के-के निर्णय गर्‍यो त ? यसबारेमा चासो राख्दा एक मन्त्रीले भने, ‘मन्त्रिपरिषदले लकडाउन गर्ने निर्णयचाहिँ गरेको छैन, यसमा ढुक्क हुनुस् ।’

कोरोनाबारे अरु निर्णयहरु चाहिँ के-के भए त ? यातायात चल्ने नचल्ने के भयो ? पसलहरु चल्ने नचल्ने के भयो ? यो प्रश्नमा उनले भने, ‘नियुक्तिबाहेक क्याबिनेटमा भएका अन्य निर्णयहरु भोलि मुख्यसचिवजीले माइन्युटमा सच्याउन पनि सक्नुहुन्छ, त्यसैले अहिले नै यस्तै भयो भन्न मिलेन, भोलि-पर्सितिर थाहा होला ।’

अर्का एक मन्त्रीका अनुसार विभिन्न १० वटा नाकाहरुको आवत- जावतमा कडाइ गर्ने सरकारले निर्णय गरेको छ ।

आइतबार बसेको सीसीएमसीको बैठकले गरेको सिफारिसअनुसार भदौमा खुल्ने भनिएका हवाइ यातायात, जिमखाना इत्यादि भदौ दोस्रो सातापछि मात्र खुल्नेछन् । साथै त्यसबेला खुल्ने हवाई मार्गबाट दिनमा ५ सयभन्दा बढी यात्रु ओसार्न नदिने गरी सीमा तोकिएको छ । भदौ १ देखि खुल्ने भनिएका सबै क्षेत्र र व्यवसायहरु नखुल्ने भएका छन् ।

यो पनि पढ्नुहोस लामो दुरीको यातायात र हवाई उडान भदौ १६ गतेदेखि मात्र खुल्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment