Comments Add Comment

बाँकेमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

२७ साउन,बुटवल । बाँकेमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा बाँकेमा २६ जना नयाँ संक्रमित थपिएका हुन् ।

नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालबाट संकलन गरिएको स्वाबको परीक्षण गर्दा बांकेका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बांकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरका विभिन्न वडाका १६ जना, कोहलपुरका ५ जना, जानकी गाउँपालिकाका १ जना, राप्ती सोनारी गाउँपालिकाका १ जना तथा बाँके जिल्लाकै ठेगाना नखुलेका ३ जना छन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ६ सय ६३ पुगेको छ ।

यस्तै नेपाली सेनाको फिल्ड एम्बुलेन्स दाङबाट संकलित स्वाबको भेरी अस्पताल नेपालगन्जकै प्रयोगशालामा परीक्षण गर्दा अन्य ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ८० जनाको परीक्षण हुँदा बाँकेका २६ जना र अन्य विभिन्न जिल्लाका ३३ जनासहित ५९ जनामा कोरोना संक्रमण देखिएको हो । ३३ जनामध्ये अधिकांश बाँकेमा कार्यरत सरकारी कर्मचारी रहेको र उनीहरु विभिन्न जिल्लाका रहेका र सबैको ठेगानासहित विस्तृत विवरण संकलनको काम सुरु भएको स्वास्थ्य कार्यालय बांकेका कोरोना फोकल पर्सन श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment