Comments Add Comment

चिङ्गाडको केन्द्र विवादमा उच्च अदालतले दुबै पक्षलाई बोलायो

२७ साउन, सुर्खेत । सुर्खेतको चिङ्गाड गाँउपालिकाको केन्द्र विवादबारे परेको रिटमा उच्च अदालत सुर्खेतले दुबै पक्षलाई साउन ३२ गते छलफलमा बोलाएको छ ।

गाउँ कार्यापालिकाले प्रशासनिक केन्द्र पुङखेत तोक्ने निर्णय गरेपछि त्यसको विरोधमा वडा नम्बर ५ का लालबहादुर जिसी, भक्तबहादुर आरसी, मोहन राना र तिलबहादुर रानाले उच्च अदालतमा रिट हालेका थिए ।

मंगलबार न्यायाधीश विनोद शर्माको एकल इजलासले कार्यापालिकाको निर्णय कार्यान्वयन गर्ने नगर्ने विषयमा दुवै पक्ष संग छलफल गरी निर्णय गर्नुपर्ने भन्दै दुवै पक्षलाई बोलाएको हो ।

मापदण्डविना पालिकाको केन्द्र खोला किनारमा सार्न खोजिएको भन्दै गाउँपालिकाको निर्णय चित्त नबुझाउनेहरुले सबैलाई पायक पर्ने स्थानमा केन्द्र तोकिनुपर्ने तर्क गर्दै आएको छ ।

२०७५ माघ ५ गते चिङ्गाड गाउँकार्यपालिकाले पुङ्खेतमा पालिकाको केन्द्र तोक्ने निर्णय गरेको थियो । हाल चिङ्गाड ५ अवलचिङबाट पालिकाको प्रशासनिक कार्य सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment