+
+

पाटन अस्पतालमा ३८ वर्षीया कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २८ गते ९:१२

२८ साउन, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

मृतक जनकपुरकी ३८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।

स्वास्थ्य कार्यालय ललितपुरले उनको मृत्यु बुधबार भएको पुष्टि गरेको छ ।

गएराति बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तुको तौलिहवाका एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । बुटवलको कोरोना विशेष अस्पतालमा अर्का एक पुरुषको पनि मृत्यु भए पनि उनको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी छ ।

यसैगरी मंगलबार राति नै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ८ का संक्रमितको मृत्यु भएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?