Comments Add Comment

रौतहटको चन्द्रपुरमा ५ जना कोरोना संक्रमित थपिए

२८ साउन, रौतहट । रौतहटको चन्द्ररपुर नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राति आएको स्वाब परीक्षणको रिपोर्टमा उनीहरु पोजेटिभ भेटिएका हुन् ।

हेटौडा प्रयोगशालाले दिएको रिपोर्टमा चन्द्रपुर नगरपालिका ९ कि एक युवतीसहित चारजना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

चन्द्रपुर नगरपालिकामा पुष्टि भएकामध्ये तीनजना कन्ट्याक्ट ट्रेसिङ्गका क्रममा पत्ता लागेको चन्द्रपुर अस्पतालले जनाएको छ ।

कूल ११७ जनाको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएकोमा पाँचजनाको रिपोर्ट पोजेटिभ आएको चन्द्रपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसे बताए ।

संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ्गको काम सुरु भएको र संक्रमितहरुलाई चन्द्रपुरमा रहेको आइसोलेसनमा राखिने चालिसेले बताए ।

विगत चार दिनमा रौतहटमा ५९ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि आइतवार रौतहटमा १५ जना, सोमबार एकैदिन राजदेवीमा १९ र कटहरीयामा ९ जनामा तथा मंगलवार गरुडाका ११ जनामा संक्रमण देखिएको थियो ।

संक्रमित बढेपछि बन्द भएका आइसोलेसन सेन्टरहरु पुनः संचालनमा ल्याउने तयारी भएको जिल्ला अस्पताल गौरका प्रमुख डा. कृष्ण साहले बताए ।

हाल रौतहटको गौरमा गौर नर्सिङ्ग इन्स्टिच्युट र चन्द्रनिगाहपुरको शहीद पार्कमा रहेको दुई वटा आइसोलेसन मात्रै संचालनमा रहेको तर संक्रमितको सँख्या वृद्धि हुन थाले पछि पहिले बन्द भएका आइसोलेसनहरु पुनः सञ्चालन गर्न लागिएको डा. साहले बताए ।
हाल गौर नर्सिङ्ग इन्सटीच्यूटको आइसोलेसनमा ३० जना र चन्द्रपुरको आइसोलेसनमा ५ जना रहेका छन । गौरका १६ र ईशनाथ लक्ष्मीनीयाका ३ संक्रमितलाई होम आइसोलेसनमा राखिएको उनले बताए ।

पहुँचकै भरमा संक्रमितहरुलाई होम आइसोलेसनमा राख्न थालेपछि रौतहटमा स्थानीयले विरोध गर्न थालेका छन् ।

मापदण्ड पूरा नगरेकाहरुलाई होम आइसोलनमा राख्दा समाजमा संक्रमण झनै फैलिनेे उनीहरुको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment