+
+
Shares

कर्णालीमा थपिए २३ जना कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २८ गते १५:१८

२८ साउन, सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा २३ जना कोरोना संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका मध्ये सुर्खेतका ११ महिलासहित १८ जना, दैलेखका ४ जना र एकजना सल्यानका रहेका छन् ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २०३४ पुगेको छ ।

यस्तै, कर्णालीमा बुधबार ३ जना डिस्चार्ज भएका छन् । डिस्जार्ज हुनेको संख्या १८९४ पुगेको छ । प्रदेशमा ६ जनाको मृत्यु भइसकेको छ भने १३४ जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?