Comments Add Comment

ब्याडमिन्टन खेलाडीसहित २०० जनाको कोरोना परीक्षण

२८ काठमाडौं, साउन । राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठको पहलमा ब्याडमिन्टन खेलाडीसहित करिब २०० जनाको कोरोना परीक्षण गरिएको छ ।

श्रेष्ठ अध्यक्ष रहेको लायन्स क्लब र राखेपले संयुक्तरुपमा खेलाडी राखेपका कर्मचारी र अन्य खेलाका खेलाडीहरुको समेत कोरोना परीक्षण गरेको श्रेष्ठले जानकारी दिए ।

‘ब्याडमिन्टनका खेलाडी र प्रशिक्षक गरी १९ जनाको कोरोना परीक्षण गरिएको हो । हामीले सुरुमा ९० जनाको परीक्षण गर्ने टार्गेट राखेका थियौं । पछि कर्मचारी अन्य खेलका खेलाडीहरु लगायत गरेर २०० जना पुग्यो,’ श्रेष्ठले भने ।

सबै जनाको त्रिपुरेश्वरस्थित राखेप परिषरमा कोरोना परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment