Comments Add Comment

बार्सिलोनाको खेलाडीमा कोरोना संक्रमण

२८ साउन, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका एक खेलाडीमा कोरोनाको संक्रमण देखिएको छ । युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलको तयारीमा रहेको बार्सिलोनाका एक खेलाडीमा कोरोनाको संक्रमण देखिएको हो ।

बार्सिलोनाले क्वार्टरफाइनलमा आउने शुक्रबार जर्मन क्लब बायर्न म्युखिनसंग प्रतिस्पर्धा गर्दैछ । अभ्यासमा रहेका एक जना खेलाडीमा कोरोनाको संक्रमण देखिएको बार्सिलोनाले जनाएको छ ।

बार्सिलोनाले संक्रमित खेलाडीको परिचय भने खुलाएको छैन । क्लबले अभ्यासमा रहेका ९ खेलाडीको परीक्षण गराएको थियो । जसमध्ये एक खेलाडीलाई कोरोना संक्रमण भएको हो ।

उक्त खेलाडीमा कुनै लक्षण नदेखिएको स्वास्थ्य हाल राम्रो हरेको र घरमै आइसोलेसनमा रहेको क्लबले जनाएको छ ।

बार्सिलोना च्याम्पियन्स लिग खेल्ने बिहीवार पोर्चुगलको लिस्वन जाँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment