२९ साउन, हेटौंडा । मकवानपुरमा १० प्रहरीसहित थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा विहीबार ३७ जनामा कोरोना संक्रमण देखिएको मकवानपुर जिल्ला अस्पतालका आइसोलेसन वार्ड प्रमुख भोला चौलागाईंले जानकारी दिए ।
संक्रमितहरुमध्ये १८ जना हेटौंडा उपमहानगरपालिकाका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का ७ जना, वडा नं. ५ का ४ जना, वडा नं. ४ का ४ जना छन् ।
यसैगरी हेटौंडा उपमहानगरपालिकाका २, १० र १३ नम्बर वडामा १–१ जना संक्रमित फेला परेका छन् ।
यसैगरी भिमफेदी गाउँपालिकाका ३, थाहा नगरपालिकाका २, बकैया गाउँपालिकाका २ तथा चितवन र काठमाडौंका १–१ जनामा पनि कोरोना पुष्टि भएको छ । नेपाल प्रहरीका १० जना पनि संक्रमित भएका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4