Comments Add Comment

सुर्खेतमा पहेँलो धातुका गहनासहित एकजना पक्राउ

२९ साउन, सुर्खेत । सुर्खेतमा प्रहरीले सुनजस्तै देखिने पहेँलो धातुका गहनासहित एकजनालाई पक्राउ गरेको छ ।

बुधबार राति वीरेन्द्रनगर-३, स्थित मनबहादुर सुनारको घरबाट गहनासहित एकजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

डीएसपी घर्तीका अनुसार हातमा लगाउने दुईवटा कडा, १६ वटा चुरा, तीनवटा कानमा लगाउने झुम्का, तीनवटा काँटा र ४ वटा श्रीफूल बरामद भएको छ ।

गहनाहरु सुनको जस्तै देखिए पनि परीक्षण हुन बाँकी रहेको डीएसपी घर्तीले बताए । ‘अझै परीक्षण भैसकेको छैन । सुन जस्तै देखिन्छ,’ डीएसपी घर्तीले भने, ‘जनप्रतिनिधिको रोहबरमा बरामद गरिएका सामान राखेका छौं । केही समयपछि परीक्षण तथा नापतौल हुन्छ ।’

प्रहरीले उक्त सामग्री पञ्चपुरी नगरपालिका-३, घर भई हाल वीरेन्द्रनगर बस्दै आएका एकजना युवलाई पक्राउ गरेको छ । उनको परिचयभ ने खुलाइएको छैन । उक्त घटनाबारे थप अनुसन्धान भैरहेको डीएसपी घर्तीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment