+
+

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २९ गते १७:०२

२९ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरकी ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बुधबार राति मृत्यु भएको हो ।

यस्तै अछामको रामारोशन नगरपालिका–५ का १८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । मुटुको बिरामी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

(मन्त्रालयको तथ्यांकमा बारा बिश्रामपुरका ३८ वर्षीय पुरुषको तथ्यांक समावेश छैन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?