+
+

तस्करीको राँगा बरामद गर्न रौतहटमा १५ राउण्ड हवाइ फायर

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २९ गते १८:३१

२९ साउन, रौतहट । भारतबाट तस्करी गरेर अवैध रुपमा ल्याउदै गरेको राँगा भैंसी नियन्त्रणमा लिन प्रहरीले रौतहटमा हवाइ फायर गरेको छ ।

भारतीय सीमा जोडिएको रौतहटको राजपुर नगरपालिकाको कुडिया बजारमा चोर बाटोबाट ल्याइएका ५८ वटा राँगाभैंसी नियन्त्रणमा लिन गएको नेपाल प्रहरी र स्थानीयबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउँछ भन्ने थाहा पाएपछि स्थानीयले अवरोध गरेका हुन् ।

स्थानीय वासिन्दा र भैंसी व्यापारीले प्रहरीको काममा अवरोध गर्दै ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन ८ सेल अश्रुग्यास र १५ राउण्ड हवाइ फायर गरेको खड्काले जानकारी दिए । स्थानीयसँगको झडप हुँदा तस्कर समूहले राँगा भैंसी धपाउदै अन्यत्र लगेको र प्रहरीले फेला पार्न नसकेको उनले बताए ।

सीमा नाकामा कडाइ गरेका बेला रौतहटमा तस्कर समुहले भने भारतबाट अवैध रुपमा राँगाभैंसीलगायत विभिन्न् वस्तुको निर्वाध तस्करी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?