+
+

मेगा बैंकको नाफा करिब ११ करोडले घट्यो, निक्षेपमा भने सुधार

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३० गते १०:३५

३० साउन, काठमाडौं । मेगा बैंकको मूनाफा करिब ११ करोड रुपैयाँले गिरावट आएको छ । बैंकले गत आर्थिक वर्ष २०७६÷७७ मा १ अर्ब १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले १ खर्ब ६२ अर्ब रुपैयाँ नाफा कमाएको थियो ।

एक वर्षमा बैंकको नाफमा ६.६३ अर्थात १० करोड ९० लाख रुपैयाँले गिरावट आएको हो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड रुपैयाँ देखिएको छ । बैंकका अन्य सूचकहरु राम्रै देखिएका छन् । निक्षेपमा राम्रै सुधार गरेको बैंकको खुद ब्याज आम्दानी केही बढेको छ भने सञ्चालन नाफा घटेको छ ।

बैंकको निक्षेप संकलन ७८ अर्ब ६८ करोड रुपैयाँबाट बढेर १ खर्ब २७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ६९ अर्ब ८६ करोड रुपैयाँबाट बढेर १ खर्ब १० अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जा ०.९८ प्रतिशतबाट बढेर १.२० प्रतिशत पुगेको छ । बैंकको आधार दर ८.३२ प्रतिशत छ भने स्प्रेड दर ४.३९ प्रतिशत रहेको छ ।

बैंकले ४ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो आम्दानी ३ अर्ब ७९ करोड रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा भने २ अर्ब ३३ करोड रुपैयाँबाट घटेर २ अर्ब १५ करोड रुपैयाँमा झरेको छ ।

बैंकको चुक्ता पुँजी १० अर्ब ३६ करोड रुपैयाँबाट बढेर १३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष १३ अर्ब ५१ करोड रुपैयाँबाट बढेर १७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?