
३० साउन, काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियाको सीमानजिकैको सहरमा लगाइएको लकडाउन हटाउने निर्णय गरेका छन् ।
स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार उक्त क्षेत्रको सहरमा अहिलेसम्म हजारभन्दा धेरै मानिसहरुलाई कोरोना भाइरसको आशंकामा क्वारेन्टिनमा राखिसकिएको छ ।
बिहीबार सत्तारुढ पार्टीको बैठकको क्रममा किनले यस्तो बताएका हुन् । उनले सीमावर्ती सहर काइसोङमा तीन साताको लकडाउनको क्रममा पनि अवस्था स्थिर देखिएको बताएका छन् ।
साथै यो लकडाउनलाई पूर्णरुपमा पालना गरेकोमा आफ्ना नागरिकहरुप्रति पनि उनले आभार व्यक्त गरेका छन् । उत्तर कोरियाले आफ्नो मुलुकमा कोरोना भाइरसका संक्रमित भित्रिन नदिन आफ्नो सीमा बन्द भने जारी नै राखिने बताएको छ ।
स्रोत : अलजाजिरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4