+
+

मकवानपुरमा पहिरोमा पुरिएर १ जनाको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३० गते १२:५१

३० साउन, हेटाैंडा । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँकाे ढुङ्मा खानीमा खसेकाे पहिराेमा परी एकजनाको मृत्यु भएको छ ।

बिहीबार साँझ झरेकाे पहिराेमा परी थाहा नगरपालिका–१२, गैरीगाउँका ५४ वर्षीय कालु मोक्तानको पुरिएर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

पहिरोमा परी एक स्काभेटर र तीनवटा टिपर पुरिएका छन् । पहिरोमा पुरिएका मोक्तानको शव निकालिएको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?