+
+
Shares

प्रदेश २ मा थपिए १९९ संक्रमित, ४८ जना डिस्जार्च

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३० गते १९:४०

३० साउन, जनकपुरधाम। पछिल्लो २४ घण्टामा प्रदेश २ मा १ सय ९९ जना कोरोना संक्रमित देखापरेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ६ सय २७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी धनुषामा ५४ जना कोरोना संक्रमित थपिएका छन् । पर्सामा ३२ जना थपिएका छन् भने सर्लाहीमा २७, रौतहटमा २४, सप्तरीमा २१, महोत्तरी र बाराका २०÷२० जना र सिरहाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशका ४८ जना कोरोना संक्रमित निको भई डिस्जार्च भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार पर्साका २२, धनुषाका १७, बाराका ८ र महोत्तरीका १ जना डिस्जार्च भएका छन् ।

योसँगै प्रदेशमा डिस्जार्च हुनेको संख्या ३ हजार ५ सय ४८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?