+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

रौतहटमा युवकको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३२ गते १२:०५

३२ साउन, रौतहट । रौतहटको गरुडा नगरपालिका वडानम्बर ८ जिगंडवामा एक युवकको हत्या भएको छ ।

जिगंडवाका २० वर्षीय निरजंन रामको धारिलो हतियारले घाटी रेटेर हत्या भएको अवस्थामा आइतबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । शवको प्रकृति हेर्दा धारिलो हतियारले घाटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।

एक फलफूल नर्सरीमा काम गर्ने राम साँझमा घर जान्छु भनेर हिँडेका थिए । घर नपुग्दै गाँउभन्दा तीनसय मिटर टाढा बाटोमा उनको शव फेला परेको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याउने र घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?