Comments Add Comment

गुल्मीका पहिरो पीडितलाई राहत

३२ साउन, गुल्मी । गुल्मीका पहिरो पीडित करिब ३ सय घर परिवारलाई राहत उपल्ध गराइएको छ । गत असार १८ गतेको पहिरोका कारण विस्थापित परिवारहरुलाई राहत वितरण गरिएको हो ।

पूर्वमन्त्री एवं गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण बिष्टको पहलमा सिभिल बैङ्कले मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाका करिब तीन सय घर परिवारलाई राहत स्वरुप चामल वितरण गरेको हो । मुसिकोट नगरपालिकामा एक सय ७० बोरा र इस्मा गाउँपालिकामा एक सय २७ बोरा चामल वितरण गरेको थियो ।

गाउँमै पुगेर प्रदेश नं ५ का बिशेषाधिकार समिति सभापति कमलराज श्रेष्ठ, सांसद दिनेश पन्थी, बैङ्कका प्रदेश ५ संयोजक किरण धमला लगायतको टोलीले राहत वितरण गरेका थिए ।

त्यस्तै लायन्स क्लव अफ बुटवल जितगढीले मुसिकोटका पहिरो पीडितका लागि एक सय बोरा चामल प्रदान गरेको छ ।

त्यस्तै मुसिकोट र इस्माका पहिरो पीडितलाई लायन्स क्लव अफ गुल्मी–काठमाडौं, लायन्स क्लव अफ गुल्मी–तम्घास र लायन्स क्लव अफ गुल्मी–रेसुंगाको टोलीले संयुक्त रुपमा सहयोग गरेको छ ।

त्यस्तै मुसिकोट नगरपालिका वडा नं २ मा पहिरोबाट विस्थापित परिवारलाई ४० थान त्रिपाल वितरण गरिएको थियो । क्लबका डिस्ट्रिक एडभाइजर युवराज न्यौपाने, संस्थापक अध्यक्ष बालसिंक काउछा लगायतको टोलीले सहयोग हस्तान्तरण गरेका थिए ।

अबिरल वर्षासँगै गएको पहिरोले गुल्मीको इस्मा गाउँपालिकाको वडा नम्बर–१ को मल्दीमा १८ महिनाका र ७ बर्षकी बालीकाको मृत्यु भएको थियो भने मुसिकोट नगरपालिकामा होटलमा गएका एक जना पहिरोमा परेर बेपत्ता भएका थिए । पहिरोमा परेर मल्दीमा ४ जना घाइते भएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment