Comments Add Comment

सुशील भट्टलाई लगानी बोर्डको सीईओको काम गर्न बाटो खुल्यो

३२ साउन, काठमाडौं । उच्च अदालत पाटनले सुशील भट्टलाई लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको हैसियतमा कामकाज गर्न बाटो खोलिदिएको छ ।

आइतबार रिट निवेदक र विपक्षी दुबै पक्षको छलफल सुनेपछि न्यायाधीश ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौडेलको इजलासले भट्टलाई लगानी बोर्डको सीईओको हैसियतमा कामकाज गर्न बाटो खोलिदिएको हो ।

यसअघि साउन २७ गते मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भट्टलाई सीईओको हैसियतमा काम गर्न नदिन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ अनुसार लगानी बोर्डको सीईओका लागि भट्टको योग्यता नपुगेको र स्वच्छ छविको पनि नभएको भनी अधिवक्ता जयबहादुर भुजेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, भट्ट र सीईओ सिफारिस समितिलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

उच्च अदालतले विषयवस्तुको गाम्भीर्यताका आधारमा यो रिटलाई छिटो निरुपण गर्नुपर्ने देखिएको भन्दै अगाधिकार दिने आदेश दिएको छ ।

हेर्नुहोस् आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment