Comments Add Comment

भारतमा कोरोनाबाट योगी सरकारका मन्त्री एवं पूर्व क्रिकेटर चौहानको मृत्यु

३२ साउन, काठमाडौं । भारतको उत्तर प्रदेशका मन्त्री एवं भारतीय क्रिकेट टिमका पूर्व ओपनिङ ब्याट्सम्यान चेतन चौहानको कोरोना भाइरसको संक्रमणबाट आइतबार मृत्यु भएको छ । ७३ वर्षीय चौहानलाई कोरोना संक्रमण भएपछि गत महिना दोस्रो साता अस्पतल भर्ना गरिएको थियो ।

शनिबार उनको अवस्था नाजुक भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो भने त्यसको एकदिनपछि नै उनको मृत्यु भएको हो ।

चौहान खेलाडी हुँदा सुनिल गावास्करको ओपनिङ पार्टनरका रुपमा थिए । चौहानले भारतका लागि ४० टेष्ट र ७ ओडीआई म्याच खेलेका थिए ।

क्रिकेट करियरपछि उनी भारतीय जनता पार्टीबाट राजनीतिमा सक्रिए थिए । उनी योगी सरकारको क्याबिनेट मन्त्रीका रुपमा थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment