Comments Add Comment

विराटनगर भन्सारका ४ कर्मचारीलाई कोरोना

१ भदौ, विराटनगर । सोमबार विराटनगर भन्सार कार्यालयमा कार्यरत चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई जना अधिकृत र दुई जना नायब सुब्बास्तरका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

विराटनगर भन्सार कार्यालका प्रमुख शिवप्रसाद भण्डारीका अनुसार सोमबार एकजना कम्युटर अधिकृत, एक जना तथ्याङ्क अधिकृत र दुई जना सोही साखामा काम गर्ने नायब सुब्बा हुन । संक्रमित कर्मचारी भन्सारकै छुट्टै स्थानमा बसेका छन् ।

२० जना कर्मचारीको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा चारजनाको पोजेटिभ देखिएपछि कार्यालयमा उच्च सतर्कता अपनाइएको उनले बताए ।

कार्यालयमा सीमित कर्मचारी राखेर सेवा प्रवाह गरिएको उनले बताए । ‘भन्सारको काम रोक्न मिलेन्’ उनले भने ‘सीमित कर्मचारी राखेर सेवा प्रवाह गरिरहेका छौं, भन्सार एजेण्टलाई सतर्कता अपनाउन लगाएका छौं ।’

संक्रमितको सम्पर्कमा आएकाहरुको मंगलबार स्वाब संकलन गरिने उनले बताए ।

प्रदेशमा थपिए ८३ संक्रमित

सोमबार प्रदेश १ मा ८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा थप ४४ सहित प्रदेश १ मा ८३ जना कोरोना संक्रमित थपिएका हुन ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

मोरङका ४४ मध्ये २९ जना विराटनगर भित्रका छन् । बेलबारीमा ७ महिला ३ पुरुष, बुढीगंगा गाउँपालिकामा १ महिला ३ पुरुष, सुन्दरहरैचामा १ पुरुषमा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा १२ महिला ६ पुरुष, गढी गाउँपालिकामा ४ पुरुष, इनरुवा नगरपालिकामा ४ पुरुष, देवानगञ्जमा ३ पुरुष, कोशी गाउँपालिका र रामधुनी नगरपालिकामा १–१ जना संक्रमित थपिएका छन् ।

झापाको दमकमा ४, शिवसताक्षीमा २ र कनकाईमा १ र प्रदेश २ का एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९२ पुगेको छ । ती मध्ये १ हजार ९९ जना संक्रमण मुक्त भएका छन् । सोमबार २४ जना संक्रमण मुक्त भएका थिए ।

विराटनगरमा स्वाब संकलन रोकियो

विराटनगर महानगरपालिका भित्र शंकास्पद व्यक्तीको स्वाब संकलन रोकिएको छ । आइतबार स्वाब संकलन गर्ने कर्मचारीमा संक्रमण पुष्टि भएपछि आइतबार र सोमबार स्वाब संकलन रोकिएको हो ।

संक्रमितको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको कोराना जाँच भएकाले मंगलबारबाट पुनः स्वाब संकलन गरिने विराटनगर महानगरपालिका जनस्वास्थ्य निरिक्षक हैदर अलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment