Comments Add Comment

सरकारले लुकाउन थाल्यो खर्च र राजस्वको विवरण

२ भदौ, काठमाडौं । सरकारले हरेक दिन गरेको खर्च र संकलन भएको राजस्व विवरण सार्वजनिक गर्न छाडेको छ । यसअघि महालेखा नियन्त्रक कार्यालयबाट रियल टाइम विवरण सार्वजनिक हुने गरेको थियो ।

तर, चालु आर्थिक वर्ष शुरु भएपछिको पहिलो दिनबाटै महालेखाको उक्त विवरण देखिन थालेको छ । महालेखाका अधिकारीहरु प्रणालीमा सुधार गर्नु पर्ने भन्दै अहिले रियल टायम विवरण नदेखिएको बताउँछन् ।

सहमहालेखा नियन्त्रक ज्ञानेन्द्र पौडेलले भने, ‘प्रणालीमा सुधार गर्नु पर्ने भएकाले देखिन छाडेको हो, काम भइरहेको छ ।’

सूचना प्रवाहको पारदर्शी माध्यम एक महिनाभन्दा बढी समय रोकिदा पनि यसमा न अर्थ मन्त्रालयले चासो दिएको छ, न महालेखा नियन्त्रक नै गम्भीर देखिन्छ ।

सिस्टम तयार हुन कति समय लाग्छ भन्ने टुंग्गो नभएको पौडेलको भनाइ छ । बजेट कार्यान्वयनमा कमजोर कार्यसम्पादन गरिरहेको अर्थ मन्त्रालयले रियल टाइम तथ्यांक लुकाएर आलोचना मथ्थर पार्न अघिल्ला वर्षहरुमा समेत जानाजान सिस्टम बिगार्दै आएको नजिर रहेको छ ।

यसलाई महालेखाका अधिकारीहरु भने प्रणालीमा सुधार, मर्मत सम्भारको कामले गर्दा विवरणहरु सार्वजनिक गर्न नसकिएको तर्क गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment