+
+
Shares

कपिलवस्तु र दाङमा डुबेर तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २ गते १६:५७

२ भदौ, बुटवल । कपिलवस्तु र दाङमा पानीमा डुबेर तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुका एक र दाङका दुई जना रहेका छन् ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–११ हथौसाकी ५६ वर्षीया बिमला थारु घर नजिकै माछा मार्ने क्रममा कुलोमा डुबेर मृत्यु भएको हो ।

यस्तै दाङको घोराही उपमहानगरपालिका– १७ गैरागाउँमा मनोज चौधरीकी १५ महिनाकी छोरीको घर नजिकैको कुलोमा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार खेल्ने क्रममा घर अगाडिको कुलोमा डुब्न पुग्दा बालिकाको मृत्यु भएको हो ।

यस्तै दाङकै गढवा गाउंपालिका–४ खजरौटमा मोहम्मद रजा मियाँकी १ वर्षीया छोरीको घर नजिकै खेल्ने क्रममा पानी रहेको बाल्टीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?