Comments Add Comment

बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु

२ भदौ, बुटवल । प्युठानमा बँदेल मार्न थापेको विधुतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ ।

ऐरावती गाउँपालिका–२ उखारीमा बंदेल मार्ने उद्देश्यले थापेको विद्युतीय धरापमा पर्न जाँदा ६० वर्षीया पीमा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको आफ्नै बारीमा थापेको विद्युतीय धरापमा पर्न जाँदा करेन्ट लागेर उनको मृत्यु भएको प्रदेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

घटनाको जिल्ला प्रहरी कार्यालय प्युठानबाट थप अनसुन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment