+
+
Shares

कोरोना संक्रमित भेटिएपछि तारकेश्वर नगरपालिका वडा नम्बर ८ सिल

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २ गते १९:१३

२ भदौ, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ८ क्षेत्र सिल गरिएको छ । वडाभित्र ५ जना कोरोना संक्रमित भेटिएपछि चार किल्ला तोकेर वडा सिल गरिएको वडाध्यक्ष मनोजकुमार घिमिरेले जानकारी दिए ।

वडाध्यक्ष घिमिर अनलाइनखबरसँगले भने, ‘वडाभित्र ५ जना संक्रमित फेला परेका छन् । उनीहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ । कन्ट्याक ट्रेसिङको आधारमा हुने परीक्षणको रिपोर्ट आउन समय लाग्ने भएकोले भोलिदेखि भदौ ५ सम्म चार किल्ला तोकेर वडालाई सिल गरेका हौं ।’

पाँच दिनसम्म वडाभित्र अत्यावश्यकबाहेकका अन्य सबै सेवा बन्द रहने वडाध्यक्ष घिमिरेले बताए ।

संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी स्वाब संकलन गरी पीसीआर रीक्षण गरिने भएको बढीमा पाँच दिन पूर्वमा ज्ञानभूमि स्कुलको उकालो, पश्चिममा महादेव खोला, उत्तरमा शिव नगरटोल र दक्षिणमा भूपू सैनिक टोलको ठाडोबाटोसम्मको क्षेत्र सिल गर्ने निर्णय गरिएको वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?