Comments Add Comment

सीपीएलमा साविक विजेता बार्सबेडोसको रोमाञ्चक जित

३ भदौ, काठमाडौं । साविक विजेता बार्बेडोस ट्राइडेन्ट्सले क्यारेबियन प्रिमयर लिग (सीपीएल)  टी-२० मा विजयी सुरुवात गरेको छ ।

बुधबार सम्पन्न खेलमा बार्बेडोसले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्समाथि ६ रनको रोमाञ्चक जित हात पारेको हो । बार्बाडोसको जित बलिङ अलराउण्डर मिचेल सान्टनर र रसिद खानले अलराउण्ड प्रदर्शन गरे । दुवैले तल्लो क्रममा उत्कृष्ट ब्याटिङ गर्दा बलिङमा समान २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बार्बेडोसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो । जवाफमा १५४ रनको लक्ष्य पछ्याएको सेन्ट किट्सले ५ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो ।

बार्बेडोसका लागि कप्तान ज्यासन होल्डरले सर्वाधिक ३८ रन बनाए भने केल मयर्सले ३७ रन जो८ । यस्तै मिचेल सान्टनरले २० रन योगदान गर्दा रसिद खानले अविजित २६ रन जोडे ।

सेन्ट किट्सका सोहेल तनविर सेल्डन कट्रेल र राएन एमरितले २-२ विकेट लिए ।

यस्तै सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलका लागि टी२० मा डेब्यु गरेका जोसुअ दा शिल्भाले अविजित ४१ रन बनाएपनि जितका लागि पर्याप्त भएन । शिल्भाले ४१ बल खेल्दै ३ चौका मद्दतमा ४१ रन जोडे । यस्तै बेन डन्कले ३४ र क्रिस लिनले १९ रन बनाए ।

बार्बेडोसका लागि मिचेल सान्टनर र रसिद खानले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment