Comments Add Comment

गुल्मीका पहिरो पीडितलाई दक्षिण कोरियाबाट २ लाख ८४ हजार सहयोग

३ भदौ, गुल्मी । गुल्मीका पहिरो पीडितहरुलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले झण्डै ३ लाख आर्थिक सहयोग गरेका छन् ।

गत असार १८ गते राति गुल्मीको इस्मा गाउँपालिकाको वडानम्बर-१ को मल्दीमा गएको पहिरोले विस्थापित भएका पीडित परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् ।

दक्षिण कोरियामा रहेका इस्मा गाउँपालिका-१ हपुर्कोट निवासी यम खत्री र गुल्मीकै जुनियाँ घर भएका चन्ऽ रानाको अगुवाईमा गुल्मी सम्पर्क समिति दक्षिण कोरियामार्फत २ लाख ८४ हजार रुपैयाँ संकलन भएको थियो ।

उनीहरुले दक्षिण कोरियाबाट पठाएको रकम गुल्मीका पत्रकारमार्फत वडाध्यक्ष चुराबहादुर खत्रीलाई हस्तान्तरण गरिएको छ । वडाध्यक्ष खत्रीले उक्त रकम ५९ घरधुरी पीडितहरुलाई हस्तान्तरण गरिसकेका छन् ।

‘क’ वर्गका २ घरधुरीलाई प्रतिपरिवार ८ हजार, ‘ख’ वर्गाका ३४ घरधुरीलाई साढे ५ हजार र ‘ग’ वर्गका २३ घरधुरीलाई साढे ३ हजारका दरले रकम हस्तान्तरण गरिएको वडाध्यक्ष खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment