Comments Add Comment

गैरआवासीय नेपाली भिसा जारी र नवीकरण अब मोफसलबाट पनि

३ भदौ, काठमाडौं । गैरआवासीय नेपाली भिसा अब काठमाडौंबाहेक मोसफलका अध्यागमन कार्यालयहरुबाट समेत जारी तथा नविरण गर्न सकिने भएको छ ।

अध्यागमन विभागले भिसा नवीकरण तथा नयाँ जारी गर्न काठमाडौं आइरहनुपर्ने बाध्यता हटाउँदै मोफसलका दुई वटा अध्यागमन कार्यालयले यसको अधिकार दिएको छ ।

विभागका अनुसार साविकमा विभागबाट मात्र जारी/नवीकरण हुँदै आएको गैर आवासीय नेपाली भिसा तथा गैरपर्यटक नाता भिसा अब अध्यागमन कार्यालय काकडभिट्टा र अध्यागमन कार्यालय पोखराबाट पनि उपलब्ध हुने भएको छ ।

कोरोना भाइरसको संक्रमणसँगै विभागले केन्द्रबाट हुने धेरै जसो सेवा भने बन्द गरेको छ ।

पर्यटकलाई भिसामा सहजीकरण

विभागले लकडाउनपछि नेपालमै अडि्कएका पर्यटकको भिसामा समेत सहजीकरण गरिदिएको छ ।

विभागका अनुसार २०२० मार्च २१ (२०७६ चैत ८) सम्म भिसा नियमित भएका विदेशी अन्तर्राष्ट्रिय उडान सूचारु भएको मितिले १५ दिन भित्र नेपालबाट प्रस्थान गर्ने भएमा अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र सीमानास्थित अध्यागमन कार्यालयबाटै निःशुल्क भिसा नियमित गरी प्रस्थान गर्न सक्ने भएका छन् ।

तर, यसरी १५ दिन भित्र समेत आफ्नो मुलुक र्फकन नसक्ने पर्यटक तथा गैरआवासीय नेपालीको हकमा साउन ३० सम्मको अवधिको निःशुल्क र त्यसपछिको अवधिको बढीमा मंसिर मसान्त -डिसेम्बर १५ २०२०) सम्म नियमअनुसार भिसा शुल्क लिएर पर्यटक भिसा नियमित गर्ने निर्णय अध्यागमनले गरेको छ ।

यसअघि विभागले चैत ८ २०७६ सम्म जुनसुकै भिसा नियमित भएकाको भिसा ३० साउन २०७७ सम्म नियमित गरेमा विलम्ब शूल्क र जरिवाना नलाग्ने भनिएको थियो ।

तर, परिस्थिति फेरिएअनुसार अब भने अध्यागमन विभागको सेवा पुनः सुरु भएको मितिले १५ दिन भित्र नवीकरण गरेमा जरिवाना र बिलम्व शुल्क नलिई भिसा नवीकरण गर्ने निर्णय विभागले गरेको छ ।

पर्यटक भिसाबाट अन्य भिसामा रुपान्तरण गर्न सकिने

सरकारले अब पर्यटन भिसामा आएका विदेशी नागरिकले भिसा परिवर्तन गर्न चाहेमा समेत अध्यागमनको सेवा खुलेको १५ दिन भित्र निःशुल्क गरिने भएको छ ।

८ चैतसम्म पर्यटक भिसा नियमित भएका १५० दिनसम्म निशुल्क पर्यटक भिसा प्राप्त गर्ने विदेशी पर्यटकको हकमा उनीहरुको नेपाल बसाई अवधि १ सय ५० दिन नाघेको भए पनि ३० साउनसम्मको अवधिको निःशुल्क नविकरण गरिने भएको छ ।

त्यसपछिको अवधिको भने अन्य विदेशी सरह शुल्क लिएर मंसिर २०७७ सम्म पर्यटक भिसा नियमित गर्न सकिने गरी निर्णय भएको विभागले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment