+
+

वीरेन्द्रगरमा निषेधाज्ञा ४ दिन थपियो

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ४ गते १८:५०

४ भदौ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा चार दिन थप गरिएको छ ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा थप ४ दिनका लागि थप गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि भदौं १ गतेदेखि ५ गततेसम्म जारी गरेको निषेधाज्ञा थप गरेर भदौं ९ गते राति १२ बजेसम्म बढाएको छ ।

वीरेन्द्रनगर नगरपालिका क्षेत्रमै कोरोना संक्रमितहरुको संख्या दिनुहँ बढ्न थालेपछि निषेषाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

‘पछिल्लो समय संक्रमणको दर बढ्दो छ । रोकथाम र नियन्त्रणका लागि थप ४ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छौं,’ उनले भने,’यो अवधिमा अत्यावश्यकबाहेकका सबै काम बन्द हुनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?