+
+
Shares

प्रेम सम्बन्धका कारण युवकको हत्या, ७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ४ गते १९:३५

४ भदौ, रौतहट । रौतहटमा घाँटी रेटेर एक युवकको हत्या गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । गत साउन ३२ गते गरुडा नगरपालिका-८ जिगंडवामा २० वर्षीय निरञ्जन रामको घाँटी रेटेर हत्या भएको थियो ।

प्रहरीको अनुसन्धान अनुसार गरुडाको एक फलफुल नर्सरीमा काम गर्ने रामलाई उनकै छिमेकीहरुले हत्या गरेको खुलेको हो । आफ्नै टोलको अन्तरजातीय युवतीसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि उनीहरुले रामको हत्या गरेको प्रहरीको भनाइ छ ।

अनुसन्धानको क्रममा स्थानीय २२ वर्षीय युवक शेख आजादले रामसँग आफ्नो परिवारको युवतीबीच प्रेम सम्बन्ध रहेको थाहा पाएपछि साथीहरुको सहयोगमा रामको हत्या गरेको पाइएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले बताए ।

‘आफ्नो परिवारको महिला सदस्यलाई रामसँग देखेपछि हत्याको योजना बनाएको देखिन्छ,” डीएसपी महतोले भने, ‘पक्राउ परेका शेख आजादले चार दिन पहिले योजना बनाएर आफ्ना साथीहरुको सहयोगमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको देखिन्छ ।”

अनुसन्धानको क्रममा फलफूल नर्सरीमा काम गरिरहेका रामलाई जन्मदिनको भोज खुवाउने भन्दै अत्याधिक मदिरा सेवन गराइ बन्धक बनाएर बस्ती भन्दा तीन सय मिटर टाढाको स्थानमा लगेर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको खुल्न आएको उनले बताए ।

हत्यामा सँलग्न रहेको आरोपमा प्रहरीले शेख आजाद, अजयकुमार रन्जन, विवेक राय यादव, अर्जुन राम, सिकेन्द्र पासवान, बिजय महरालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?