Comments Add Comment

पशुपतिमा गेटबाटै दर्शन गरेर फर्किए व्रतालु (फोटो फिचर)

५ भदौ, काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज । अटल सौभाग्य, सुयोग्य वर र परिवारको कल्याणका लागि कठोर व्रत बसेर भगवान शिवको पूजा गर्ने दिन ।

तर आज शिवालयहरु सुनसान छन् । लाखौं भक्तजनले दर्शन गर्ने काठमाडौंको पशुपति मन्दिरमा पनि आज चहलपहल बन्द छ । कोरोना संक्रमणको जोखिमका कारण सरकारले जारी गरेको निषेधाज्ञा र पशुपति मन्दिर बन्द गरिएका कारण व्रतालुहरु आज पशुपति क्षेत्रमा खासै देखिएनन् ।

अघिल्ला वर्षका तीजमा व्रतालुहरुको भिड व्यवस्थापन गर्नै हम्मेहम्मे पर्थ्यो । बाटैभरि नाचगान गरेर रमाइलो गर्नेहरु भेटिन्थे । व्रतालुको अत्यधिक भिड भएपछि तिलगंगा, गौशाला, चाबहिल सडकखण्ड नै बन्द गराएर ट्राफिक प्रहरीले यात्रुहरुका लागि वैकल्पिक मार्ग तोकिदिन्थ्यो ।

तर यस वर्ष पशुपति क्षेत्र सुनसान छ । पशुपतिका चारवटै गेट बन्द गरिएको छ । तर पनि भगवानप्रतिको आस्थालाई केले रोक्न सक्थ्यो र ? पशुपति मन्दिर नजिकै घर भएका केही महिलाले बन्द गेट बाहिरैबाट दर्शन गरेर र बत्ती बालिदिएर शिवप्रतिको आफ्नो आस्था प्रकट गरे ।

तस्वीर : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment