Comments Add Comment

युरोपा लिग फाइनल : ५ पटकको च्याम्पियन सेभिया र ३ पटकको च्याम्पियन इन्टर भिड्दै

५ भदौ, काठमाडौं । युरोपको दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिता युरोपा लिगको फाइनलमा सेभिया र इन्टर मिलान भिडन् भएका छन् ।

इन्टरले सेमिफाइनलमा शाख्तर डोनेस्क र सेभियाले इंग्लिस क्लब म्यानचेष्टर युनायटेडलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

च्याम्पियन्स लिगको समूह चरणमा बार्सलोना र बोरुसिया डर्टमण्डपछि तेस्रो भएको इन्टर युरोपा लिगमा घटुवा भएको थियो । त्यसपछि भने उत्कृष्ट प्रदर्शन गर्दै इन्टर ९ वर्षपछि कुनै पनि प्रतियोगितामा फाइनल पुगेको हो ।

पछिल्लो पटक इन्टरले २०१०-११ मा कोपा इटालिया जितेको थियो । त्योभन्दा अघिल्लो सिजन इन्टर सिरी ए च्याम्पियन्स लिग र कोपा इटालिया गरी तीनै उपाधि जितेको थियो ।

इन्टरले ९० को दशकमै तीन पटक युइएफए कप जितेको थियो । सन् १९९१,१९९४ र १९९८ मा इन्टरले यो सफलता हात पारेको थियो । उता सेभिया भने अहिलेसम्म युइएफएकप/युरोपा लिगको फाइनलमा हार बेहोरेको छैन ।

पाँच पटक फाइनल पुगेको सेभियाल पाँचै पटक उपाधि जितेको छ । पछिल्लो पटक २०१६ मा सेभियाले लिभरपुललाई पराजित गर्दै युरोपा लिग उपाधि जितेको थियो ।

सेभियाले त्यही लय काम राख्दै उपाधि जित्ने लक्ष्यमा हुनेछ भने इन्टर पनि दशकपछि युरोपियन क्लब प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पार्ने दाउमा छ ।

२०१९-२० सिजन सिरी ए मा दोस्रो भएको इन्टरमा स्टार खेलाडीहरु रोमेलु लुकाकु लाउटारो मार्टिनेस जस्ता खेलाडी छ । एन्टोनियो कोन्टे प्रशिक्षक बनेपछि इन्टरले प्रदर्शन सुधार गर्दै आएको छ । त्यसले पनि इन्टरलाई उपाधिको दाबेदारको रुपमा हेरिएको छ ।

उता सेभियाले ला लिगा चौथो स्थानमा सकाउँदै अर्को सिजनका लागि च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । युलेन लोपेटगुईले प्रशिक्षकको रुपमा अझै ट्रफी जितेका छैनन् । त्यसैले उनको लागि पनि यो फाइनल महत्वपूर्ण छ ।

इन्टरका प्रशिक्षक कोनटेले याम्पियन्स समहू चरणमा तेस्रो भएर युरवपा लिगको फाइनलसम्को यात्रा तय गर्नुलाई ग्लास आधा भरिएको रुपमा व्याख्या गरेका छन् ।

उनले फाइनल खेल कठिन हुने समेत बताएका छन् । ‘खेल टफ हुनेछ,’ कोन्टेले भने, ‘हामी त्यो टिमसँग खेल्दैछौँ जो अनुभवी छ र यो प्रतियोगितामा सबैभन्दा धेरै उपाधि जितेको छ ।’
कोन्टेले सजग भएर आफ्नो खेल खेल्नुपर्ने बताए। उनले यो फाइनल भएको र राम्रो टिम मात्रै फाइनल पुग्ने बताए ।

उता सेभियाका प्रशिक्षक लोपेटगुइले यसअघिका पाँच उपाधि शुक्रबारको फाइनलसँग कुनै सरोकार नभएको बताए । ‘यो पूर्णरुपमा नयाँ र परक टिम हो । जहाँ फरक खेलाडी र प्रशिक्षक छन्,’ लोपेटगुइले भने, ‘क्लब यो स्थानमा पहिले पनि पुगेको तथ्यले सहयोग गर्नेछ तर मलाई लाग्दैन कि यसले कसैलाई फाइदा गर्नेछ ।’

उनले दुई फरक टिम फाइनल खेल्न लागेको बताए । ‘दुई फरक टिमहरु खेल्दैछन् र हामी ठूलो विरुद्ध खेल्दैछौँ,’ लोपेटगुईले भने,’इन्टर च्याम्पियन्स लिगमा खेल्न लागक भएको टिम हो । उनीहरुको खेलाडीको क्यालिबर राम्रो छ । यस्तै ठूला टिमलाई प्रशिक्षण दिएका अनुभवी प्रशिक्षक पनि छन् ।’

खेल नेपाली समयअनुसार शुक्रबार राति पौने १ बजे जर्मनीको कोलोनमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment