Comments Add Comment

कोरोनामा १३ अर्ब ३७ करोड खर्च, धेरै खर्च रक्षा मन्त्रालयबाट

५ भदौ, काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रण र उपचारमा २०७६ चैतदेखि २०७७ साउन मसान्तसम्म १३ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेको छ ।

औषधि र स्वास्थ्य सामग्री खरिद, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टाइन व्यवस्थापनजस्ता काममा यो रकम खर्च भएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

यसमध्ये संघीय सरकारबाट ५ अर्ब ८४ करोड ७९ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ । खर्चका हिसाबले स्वास्थ्य पूर्वाधारमा २ अर्ब ९३ करोड ८८ लाख ९६ हजार र औषधि तथा स्वास्थ्य सामाग्रीमा १ अर्ब ७५ करोड ५२ लाख ४० हजार रुपैयाँ रहेको छ ।

खर्च गर्नेमा रक्षा मन्त्रालय अगाडि छ । उसले २ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेको छ । यस्तै स्वास्थ्य मन्त्रालयमार्फत २ अर्ब १७ करोड, गृह मन्त्रालयमार्फत् २० करोड ८३ लाख, संस्कृति पर्यटन मन्त्रालयबाट ४ करोड ४९ लाख, शहरी विकास मन्त्रालयबाट एक करोड २९ लाख र परराष्ट्र मन्त्रालयबाट ६ लाख रुपैयाँ खर्च भएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

यस्तै एक अर्ब ३ करोड ६९ लाख ९६ हजार कोभिड कोषबाट खर्च भएको छ ।

मन्त्री खतिवडाले दिएको विवरण अनुसार प्रदेश सरकारहरुबाट एक अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको छ ।

सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशले सबैभन्दा धेरै खर्च गरेको छ । प्रदेश सरकारले गरेको खर्चमध्ये प्रदेश १ ले २० करोड ७१ लाख रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै, प्रदेश नं २ ले १७ करोड २ लाख, वाग्मती प्रदेशले १३ करोड ६७ लाख, गण्डकी प्रदेशले १४ करोड ५४ लाख, प्रदेश नं ५ ले १० करोड ५९ लाख, गण्डकी प्रदेशले २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशले ४२ करोड ४८ लाख रुपैयाँ कोभिड रोकथाम तथा उपचारमा खर्च गरेको खतिवडाले जानकारी दिए ।

कोभिड नियन्त्रणमा स्थानीय तहहरुबाट ६ अर्ब २ करोड खर्च भएको छ । यो संघ सरकारले गरेको खर्चभन्दा पनि धेरै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment