Comments Add Comment

टर्कीले ग्यास भण्डार पत्ता लगायो, २०२३ भित्र प्रयोगमा ल्याउने

६ भदौ, काठमाडौं । टर्की सरकारले हालसम्मकै सबैभन्दा ठूलो प्राकृतिक ग्यासको भण्डार पत्ता लगाएको दाबी गरेको छ ।

राष्ट्रपति रिचेप तैयप अर्दोआनले शुक्रबार इस्तानबुलमा पत्रकार सम्मेलन गरी टर्कीको कालो सागरमा ग्यासको विशाल भण्डार पत्ता लगाएको जानकारी दिएका हुन् ।

त्यहाँको ग्यास सन् २०२३ भित्र प्रयोगमा ल्याउने लक्ष्य रहेको उनले सुनाए ।

पत्रकार सम्मेलनमा उनले भने, ‘टर्कीको फतेह नामक ड्रिलिङ्ग जहाजले ३२० अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास भण्डार पत्ता लगाएको छ । यो टर्कीको इतिहासकै सबैभन्दा ठूलो ग्यास भण्डारको खोजी हो ।’ उनले यसै क्षेत्रमा नयाँ ग्यास भण्डारको पनि खोजी गरिने बताए ।

उनले आफ्नो देशमा ऊर्जाको मुद्दालाई पूर्णरुपमा समाधान गर्न दृढ संकल्पित रहेको बताए ।

यसैगरी पत्रकार सम्मेलनमा टर्कीका वित्त मन्त्री बेरात अलबायराकले ग्यासको विशाल भण्डार पत्ता लाग्नुलाई ‘नयाँ युग’को संज्ञा दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment