+
+

‘विश्वकै बुढा मान्छे’को दक्षिण अफ्रिकामा निधन

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ७ गते १२:१३

७ भदौ, काठमाडौं । विश्वकै सबैभन्दा बढी उमेरका मानिस भनी दाबी गरिएका एक दक्षिण अफ्रिकालीको ११६ वर्षको उमेरमा निधन भएको छ ।

सन् १९०४ को मेमा जन्मिएका फ्रिडी ब्लोमलाई सबैभन्दा बुढो भनेर दाबी गरिए पनि गिनिज बुकले भने यसलाई प्रमाणित गरेको थिएन । केप टाउनको आफ्नै घरमा उनको शनिबार निधन भएको परिवारले जनाएको छ ।

कोभिड १९ लगायत कुनै रोग विशेषभन्दा पनि उनको निधन प्राकृतिक नै हो भन्ने परिवारको भनाइ छ ।

दक्षिण अफ्रिकाको पूवी केप राज्यका यी व्यक्तिले ८० वर्षभन्दा बढी उमेर हुन्जेल कृषि फार्म र निर्माण उद्योगमा काम गरेको बीबीसीले जनाएको छ ।

उनले केही वर्ष अगाडि मद्यपान त्यागे पनि चुरोटका अम्मली थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?