Comments Add Comment

संक्रमितको ज्वरो नाप्न सफाइ कर्मचारी पठाउने स्वास्थ्यकर्मी फिर्ता

७ भदौ, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकास्थित गांगुली आइसोलेसनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको टिमलाई प्रादेशिक अस्पताल  फिर्ता बोलाइएको छ ।

सरसफाइ कर्मचारीलाई ज्वरो नाप्न पठाएर आफू आराम गरेको आरोप लागेको एक चिकित्सक, पारामेडिक्स र सरसफाइकर्मीलाई फिर्ता बोलाएको प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड- १९ का संयोजक डा. जामुन सिंहले जानकारी दिए ।

शनिबार यो आइसोलेसनमा सरसफाइको काम गर्ने एक कर्मचारीलाई थर्मल गन दिएर बिरामीको ज्वरो नाप्न पठाइएको थियो । ज्वरो नाप्न गएका ती कर्मचारीले आफूलाई डाक्टरले नै पठाएको बताएका थिए । उनले कति तापक्रम ठीक हो भन्ने पनि आफूलाई थाहा नभएको बताएका थिए ।

सफाइ कर्मचारी ज्वरो नाप्न आइसोलेसनभित्र पुगेको भिडियो सार्वजनिक भएपछि कोभि-ड १९ का संयोजक डा. सिंहले स्वास्थ्यकर्मीको टोलीलाई फिर्ता पठाएर अर्को टिम पठाउने तयारी भइरहेको बताएका छन् ।

डा. सिंहले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उक्त घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । २४ घण्टाभित्र त्यसको सत्यतथ्य छानबिन गरी सार्वजनिक गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment