
७ भदौ, काठमाडौं । दक्षिण कोरियामा मार्चपछि पहिलो पटक एकैदिनमा धेरै कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।
दक्षिण कोरियन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (केसीडीसी)का अनुसार पछिल्लो २४ घण्टामा ३९७ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन ३३२ नयाँ संक्रमित भेटिएका थिए ।
दक्षिण कोरियामा हालसम्म १७ हजार ३९९ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ३०९ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय भने राजधानी सोलको एक चर्चबाट संक्रमण फैलिएको मानिएको छ । त्यो चर्चका सदस्यले राजनीतिक प्रदर्शनमा समेत भाग लिएका थिए ।
सरकारले आइतबारदेखि राजधानी सोल बाहिर पनि साइबर क्याफे, नाइट क्लब बन्द गरेको छ भने चर्चमा एकअर्कालाई भेट्न रोक लगाइएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार तेस्रो चरणमा योभन्दा पनि कडा प्रतिबन्ध हुनसक्छ ।
बीबीसीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4